झन्डै २७ अङ्कले घटेर नेप्से १९ सय विन्दुभन्दा तल, लघुवित्त समूह राताम्मे

 चैत १२, २०७९ आइतबार १५:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८५ अङ्कले घटेर १ हजार ८ सय ८८ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेकाे दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज जालपा सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, महिला लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । धेरैजसो लघुवित्त कम्पनीको शेयर उच्च अङ्कले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मायाखोला जलविद्युत् र एसियन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया