लुम्बिनीकाे मुख्यमन्त्रीमा कांग्रेसका चाैधरीकाे दाबी पेस

 चैत १२, २०७९ आइतबार १७:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्मन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले माओवादी केन्द्र, जनमत, जसपा, लोसपासहित आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्नुभएको हो ।

माओवादी केन्द्रसहितका दलहरूले सरकार छाडेर समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्नुभएको छ । तर अल्पमतमा परेपछि विश्वासको मत लिन एक महिना समय हुँदाहुँदै पनि मुख्यमन्त्रीमा दाबी पेस भएको हो । मुख्यमन्त्री गिरीले प्रदेशबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि उहाँले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गिरी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू माओवादीका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आजै राजीनामा बुझाउनुभएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना प्रदेश सभा सदस्य रहेका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया