आवश्यक न्यायाधीश नहुँदा सेवाग्राहीलाई समयमै न्याय दिन सकेनाैँ : सर्वाेच्च अदालत

 चैत १४, २०७९ मंगलबार २०:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ ।

मङ्गलवार सर्वोच्च अदालतले पत्रकार सम्मेलन गर्दै अदालतमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्याय सम्पादनमा कठिनाइ भएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले न्यायाधीशको दरबन्दी २१ जनाको भए पनि विगत ६ महिनादेखि १६ जनामात्रै न्यायाधीश कार्यरत रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालत विगत छ महिनादेखि १६ जना न्यायाधीशकै दरबन्दीमा रहेकाे छ । १६ जना न्यायाधीशको दरबन्दी हुनु भनेको आठ वटा इजलासमात्रै बन्न सक्ने अवस्था हुनु हाे । हामीसँग न्यायाधीशकाे सङ्ख्या अपर्याप्त हुँदा, समयमा न्याय निरूपण हुन नसक्दा, मुद्दाका समूहहरू स्थगित हुँदा सेवाग्राहीलाई अत्यन्त ठूलो कठिनाइ महसुस भएको छ ।’

प्रवक्ता पाैडेलले पेसीकाे व्यवस्थापन गर्दा भने २१ जना न्यायाधीशलाई नै लक्षित गरेर समूह बनाउने गरिएको भन्दै न्यायाधीश सङ्ख्या पर्याप्त नहुँदा सेवाग्राहीलाई कठिनाइ महसुस भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्ति नहुँदा समग्र मुद्दा व्यवस्थापन र अदालतको कार्य सम्पादनमा अवरोध सिर्जना भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । 

प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा ३६ हजार पाँच सयभन्दा बढी मुद्दाको लगत रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा मात्रै छ हजार तीन सयभन्दा बढी मुद्दा दर्ता भएको बताउनुभयो । जसमध्ये सात हजार सात सयभन्दा बढी मुद्दाको फर्स्याेट भइसकेको र २८ हजार आठ सय ५२ थान मुद्दा फर्स्याेट हुन बाँकी रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा मात्रै प्रति इजलास झन्डै नाै सय वटा मुद्दा फर्स्याेट भइसकेको जानकारी गराउनुभयो । मुद्दाको सुनुवाइ सामान्यतया दुई जना सम्मिलित संयुक्त इजलासबाट हुने गरेको उहाँले बताउनुभयाे ।

प्रवक्त पाैडेलले चालु आर्थिक वर्षमै २०६३ साल र २०६४ सालमा दर्ता भई विचाराधीन रहेका दुई थान मुद्दा फर्स्याेट भएको बताउनुभयो । अब सर्वोच्च अदालतमा सबैभन्दा पुरानो मुद्दा २०६५ सालमा दर्ता भएका दुई थान मुद्दा रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया