पुलिस क्लबलाई ४–० गाेलले हराउँदै सुदूरपश्चिम खप्तड गाेल्ड कपकाे सेमिफाइनलमा

 चैत १४, २०७९ मंगलबार १८:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम–११ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको सेमिफाइलनमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज मङ्गलवार भएको खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ४–० गोलले हराएर अन्तिम चारमा पुगेको हो । सुदूरपश्चिमका लागि आयुष श्रेष्ठले ह्याट्रिक र स्वामी हार्दिकले १ गोल गरे ।  यसअघि मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको एभिनर एफसी सेमिफाइनलमा पुगिसकेका छन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया