बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
रामेछाप – गएराति मन्थली नगरपालिका–५ सुनारपानीको सालघारी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
जंगलमा लागेको आगो अकस्मात बस्तीमा पस्दा सुनारपानी मचबारीका यमबहादुर मगरको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । त्यसैगरी आगलागीमा परी सोही घरमा बाधिरहेको एउटा गोरु पनि आगोमा परेर जलेको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका वडा अध्यक्ष रबिन कार्कीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार तीन दिनदेखि सालघारी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराति सामुदायिक वनबाट बस्तीमा पसेको आगो नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सहितको टोलीले नियन्त्रणमा लिए पनि जंगलमा लागेको आगो भने अझै लागिरहेको अध्यक्ष कार्कीले बताउनुभयाे ।
गएराति एकै दिन मन्थली नगरपालिकाको वडा नं १,३,५ र ८ का विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट करोडौँ मूल्य बराबरको काठ जलेर पूर्णरुपमा नष्ट भएको छ भने सामुदायिक वनमा रहेका विभिन्न प्रजातिका चराचुरुङ्गी र जंगली जनावरहरु पनि जलेका छन् । पछिल्लो केही दिनयता रामेछापका विभिन्न सामुदायिक वनहरुमा आगलागीका घटनाहरु बढ्दै गएका छन् ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।