याे सरकारले केही गर्छ भन्ने भाव जगाउन सक्नु सबैभन्दा ठूलाे उपलब्धि : मन्त्री शर्मा

 चैत १५, २०७९ बुधबार १४:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले नागरिकमा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सफल हुनु सरकारकाे सबैभन्दा ठूलाे उपलब्धि भएकाे जिकिर गर्नुभएकाे छ । 

बुधवार काठमाण्डाैमा आयाेजित साक्षात्कार कार्यक्रममा बाेल्दै मन्त्री शर्माले भन्नुभयाे, ‘यो सरकार गठन भएपछि नागरिकमा सकारात्मक आशा पलाएको छ । यो सरकारले केही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो नै सबैभन्दा ठूलो कुरा हो । त्यो नै महत्त्वपूर्ण कुरा हो ।’

कार्यक्रममा बाेल्दै मन्त्री शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी पनि गर्नुभयाे । मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले एक/दुई दिनभित्रै यसले पूर्णता पाउने बताउनुभयो । 

मन्त्री शर्माले वर्तमान सरकारले नागरिककाे चाहनाअनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्याय निरूपणका लागि सरकारले त्यससम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसैलाई छिटै पारित गरी कार्यान्वयनमा लैजाने बताउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया