३ जना मन्त्रीकाे नाम तयार छ, प्रधानमन्त्रीकाे जवाफ कुर्दैछाैँ : एकीकृत समाजवादी

 चैत १५, २०७९ बुधबार १६:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुनेबारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्ने भएको छ । बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेकोमा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुङ्गो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन वटा मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताउनुभयो ।    

उहाँले भन्नुभयो, ‘तीन वटा मन्त्रालयमा हाम्रो दाबी छ । मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालय पनि टुङ्गो लागिनसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ । जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ ।’ 

पार्टी प्रवक्तासमेत रहनुभएका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरू तयार भएर बसेको पनि बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया