बीपीडब्ल्यू लघुवित्त र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता

 चैत १५, २०७९ बुधबार १६:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच शेयर रजिस्ट्रारसम्बन्धी काम गर्नका लागि सम्झौता भएको छ । 

आज बुधवार एक कार्यक्रमका बीच बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरूको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी काम मेगा क्यापिटल मार्केट्स लिमिटेडमार्फत उपलब्ध हुनेछ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया