रेशम चौधरीको आममाफीबारे गगन थापा– ‘यो राजाको शासन होइन, क...
जेठ १५, २०८० सोमबार
काठमाण्डौ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या निकै कम देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उहाँले संसदमा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताउनुभयो ।
‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरू हुनुहुन्न’, सांसद खतिवडाले भन्नुभयो, ‘संसद् हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस् ।’
संसदमा सांसदकाे कम उपस्थितिलाई लिएर पटक–पटक आलाेचना हुँदै आएकाे छ । संसदमा गणपूरक सङ्ख्या नपुग्दा कहिलेकाहीँ बैठक नै स्थगित हुने गरेकाे छ ।