अनलाइनबाट ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जना पक्राउ

 चैत १५, २०७९ बुधबार १७:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रहरीले अनलाइनबाट ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाण्डाै महानगरपालिका ४ चण्डोल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आज बुधवार सार्वजनिक गरेको हो ।

उनीहरूले काठमाण्डाैका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिनुभयो । यो टोलीले ह्वाट्सएपमा अनलाइनमार्फत व्यवसायमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगेको पाइएको उहाँले बताउनुभयो ।

उनीहरूले नेपाली नागरिकको नाममा बैंक खाता खोलेर पीडितहरूलाई त्यही खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ । ठगी गर्ने टोलीले ह्वाट्सएप लगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै आएको पाइएको छ ।

पक्राउ परेकाहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट लगायत विभिन्न उपकरणसहित चार लाख एक हजार आठ सय ८० रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया