सप्तरीको कृष्णाराम मरौटी उपेक्षाकाे चपेटामा

 असोज ३१, २०७५ बुधबार १२:४०:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – पर्यटकीय सम्भाव्यता बोकेको सप्तरीको साविक बकधुवा गाविस हाल अग्निसाइर कृष्णाशवरण गाउँपालिकाको चुरे क्षेत्रमा रहेको कृष्णाराम मरौटी स्थलको उपेक्षाको सिकारका कारण विकास हुन सकेको छैन । 

वर्षौंअघि कृष्णाराम यदुवंशी भैंसी चराउन चुरे वनमा जाने गरेको तथा त्यसै क्रममा उनका भाइ सोवरण र कृष्णारामकोसमेत जंगलमा मृत्यु भएको थियो । त्यो ठाउँमा अहिले पनि नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट जनार(खीर चढाउन) दिनका लागि किसान तथा पशुपालकहरु जाने गर्दछन् ।

मरौटीमा दुध, लड्डु, पान, सुपारी, खीरसहितका सामग्रीहरु पूजाको रुपमा चढाइन्छ । 

कृष्णारामको पूजा गरेपछि पशुको वंश वृद्धि तथा गाई(भैंसीले बढी दूध दिने समेत जनविश्वास रहँदै आएकोले पशुपालकको घरमा गाई वा भैंसी ब्याएपछि पहिला कृष्णारामलाई नै दुध, खीर तथा दही बनाएर चढाउने गरिन्छ ।

यस सम्बन्धमा लुम्बिनी विश्व विद्यालयका रजिष्टूार तथा इतिहासविद् प्रा.डा. पिताम्बर लाल यादवले सप्तरी जिल्लामा यस्ता धार्मिक एवं ऐतिहासिक स्थलहरु रहेपनि सरकारले वास्ता नगरेका कारण अस्तित्वविहिन बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्थानीय स्तरमा रहेका स्थलहरुको विकास गर्नका लागि तत्काल सरकारको ध्यान केन्द्रित हुनुपर्ने उहाँको सुझाव थियो ।

पूर्वपश्चिम लोकमार्गको सप्तरी अन्तर्गत महुलीबाट उत्तर तर्फ जंगलको ३ घण्टा पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । यस क्षेत्रलाई विकास गर्नका लागि उचित सुविधाका साथै भौतिक पूर्वाधार समेत आवश्यक रहेको छ । 

सो स्थानमा पूर्व सभासद् सिवराम यादवले उक्त क्षेत्रको विकासका लागि दुई तल्ले धर्मशाला समेत निर्माण गर्नु भएको छ । उक्त धार्मिक स्थललाई सम्बन्धित सबै पक्षको सहयोग भए कृष्णाराम मरौटीलाई नेपालकै एक नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने स्थानीय सरोरकावालाहरुको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया