नेभिगेशन
बुधबार, मंसिर २, २०८३

काठमाण्डाैलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र

काठमाण्डाै – सङ्घीय राजधानी काठमाण्डाैलाई चौबीसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ ।

काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना निकालेर काठमाण्डाैलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबीसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको हो ।

प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई यसअघि नै २४ घण्टा खुला गरिसकिएको छ । काठमाण्डाै देशको अत्यन्त महत्त्वपूर्ण ठाउँ भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्थापनसहित यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्तीलगायतका न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

त्यस्तै व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध गरी २४ घण्टा खुला गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जनाएको छ ।

काठमाण्डाै जिल्लाभित्र व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत चाैबीसै घण्टा सञ्चालन गर्ने विषयमा पालिका, विभिन्न निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने सूचनामा उल्लेख छ ।

1-1794992671.jpg

प्रकाशित मिति:
थप समाज