नेभिगेशन
बुधबार, मंसिर २, २०८३

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौ – आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) का अनुसार आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरूमध्ये ५औं स्थानमा परेको छ ।

बिहान साढे ८ बजेको तथ्याङ्क अनुसार काठमाण्डौको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ रहेको थियो । यो स्तरको वायूलाई अस्वस्थ्यकर मानिन्छ ।

पाकिस्तानको लाहोर २८४ सहित पहिलो, बङ्गलादेशको ढाका २०८ सहित दोस्रो, भारतको कोलकाता १९९ सहित तेस्रो स्थानमा छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई १५० नाघेपछि हावा सबैका लागि अस्वस्थकर हुन्छ ।

त्यस्तै २०० नाघेपछि यो अति अस्वस्थकर बन्छ । काठमाण्डौको वायु गुणस्तर अस्वस्थ्यकर स्तरमा पुगेको अवस्थामा विशेष गरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास समस्या भएका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन डाक्टरको आग्रह छ ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासीनीले चिसो र प्रदूषण सँगसँगै बढेका बेला स्वास्थ्य सावधानी अपनाउन तथा घरबाट बाहिर निस्कदा मास्क लगाउन सल्लाह दिनुभएको छ ।

प्रकाशित मिति:
थप समाज