नेभिगेशन
बुधबार, मंसिर २, २०८३

गोरखाको धार्चेमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा शुरु

काठमाण्डौ – गोरखाको धार्चेमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा शुरु भएको छ ।

धार्चेका झण्डै ६०० घरधुरीमा अवरुद्ध विद्युत् र सञ्चार सेवा सञ्चालन हुन थालेको हो ।

धार्चे गाउँपालिका–१ र ३ मा रहेका ती घरधुरीमा बुढीगण्डकीमा आएको बाढीका कारण सेवा अवरुद्ध भएको थियो ।

बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिका–३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युत् र सञ्चारबिहिन भएकोमा अस्तिदेखि सेवा सञ्चालन भएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले बताउनुभयो ।

उहियाको टावरमा विद्युत् नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो ।

प्रकाशित मिति:
थप समाज