नेभिगेशन
बुधबार, मंसिर २, २०८३

सहकारी ठगी मुद्दामा देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवाना

काठमाण्डौ – कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ ।

त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको छ ।

प्रतिवादीहरु निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताउनुभयो । जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको छ ।

न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गरेको फैसला र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको छ । बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जनाविरुद्ध दायर गरेको अभियोगमाथि सुनुवाई गर्दै अदालतले फैसला गरेको हो ।

प्रकाशित मिति:
थप समाज