कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासकाे मत

 चैत १७, २०७९ शुक्रबार १८:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको  छ । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

आज शुक्रवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ जना सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा एक मतमात्रै परेको छ । उहाँले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मत प्राप्त गर्नुभएको छ ।

शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका नाै, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रतर्फबाट एक/एक जना सांसदले विश्वासकाे मत दिएका हुन् । 

यसअघि गएको पुस २७ गते शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पुस १० गते एमालेसहितको गठबन्धन बन्दा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जनाको सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया