जे लक्ष्य लिएर भारत गएको थिएँ, त्यो पूरा भएको छ : प्रचण्ड
जेठ २०, २०८० शनिबार
तनहुँ - तनहुँमा ट्र्याक्टर दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।
भानु नगरपालिका–२ भकुन्थोकमा रहेकाे डुम्रे बेसीसहर सडक खण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा ४० वर्षीय ईश्वर अधिकारीको ज्यान गएकाे हाे । दुर्घटनामा घाइते भएका उहाँको उपचारका क्रममा चितवनमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे हाे ।
दुर्घटनामा अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ ।