बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गयाे

 चैत १८, २०७९ शनिबार १७:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ । आज दिउँसो बसले ठक्कर दिँदा  सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका छोरा सरगम बोहराको ज्यान गएको हो ।

जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरकाे बसले ठक्कर दिएकाे थियाे । बसकाे ठक्करबाट गम्भीर घाइते भएका बालकको जिल्ला अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरालाई नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ । पीडित परिवार तथा आफन्तले बसचालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया