दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले स्थानीय ...
जेठ २०, २०८० शनिबार
काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएकाे छ ।
वैशाख १० गते हुने उपचुनावकाे उम्मेदवार घोषणा गर्न शनिवार आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे ।
सभापति लामिछानेले आफ्नो पार्टीमा स्वर्णीम वाग्ले र रमेश खरेलजस्ता हजारौँ क्षमतावान् व्यक्तिहरु जोडिन आउनुले जनाउ दिएको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको बताउनु भएकाे हाे ।
लामिछानेले भन्नुभयो, ‘म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाइको सरकार बनाउनेछौँ । जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरि रहनेछन् । र, हामीले सञ्चालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईँहरुजस्तो विज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ । यो देशले राम्रा नीतिहरु बनाउनेछ । र, आउँदै गरेका हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गर्नेछ । म त्यो दिनको सपना देखिरहेको छु ।’
सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताउनु भयो ।