आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएको छ ।
मोहालीमा पञ्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकता १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि पञ्जाब डीएल पद्धतिका आधारमा ७ रनले विजयी भएको हो । कोलकताका आन्द्रे रसेलले सर्वाधिक ३५ रन बनाए ।
पञ्जाबका अर्शदीप सिंहले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका भानुका राजपाक्षेले सर्वाधिक ५० रन बनाए भने शिखर धवनले ४० र साम करनले २६ रन बनाए । कोलकताका टिम साउथीले २ विकेट लिए ।