बझाङ : बसकाे ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले सडक बन्द गरे

 चैत १९, २०७९ आइतबार १४:४३:२६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा बसको ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले सडक बन्द गरेका छन् । बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसहित जयपृथ्वी राजमार्ग बन्द गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताउनुभयो ।

हिजो शनिवार दिउँसो बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा सुर्मा गाउँपालिका वडा नम्बर ३ का तीन वर्षीय बालक सरगम बोहराको ज्यान गएको थियो । बालकलाई ठक्कर दिने बसका चालक बैतडीको पुर्चौडी नगरपालिका ५ का गणेश बोहरा स्थानीयको कुटपिटबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालकलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । स्थानीयले ठक्कर दिने बसमा तोडफोड गरेका छन् ।

 बसका साहु धनगढीबाट आइरहेका र केही समयपछि पीडितसँग बसेर सडक सञ्चालन गर्न छलफल गर्ने डीएसपी भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया