अरुण तेस्रो : छयाङकुटी–दिदिङ प्रवेश मार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढ्यो

 चैत २३, २०७९ बिहिबार ११:४०:४९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत्त आयोजनाको छयाङकुटी–दिदिङ २४ किमि प्रवेश मार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी तथा अरुण तेस्रो छुट जग्गा अध्ययन समितिका संयोजक मोहनमणी घिमिरेले राज्यका निकायले नै अरुण तेस्रो प्रवेश मार्ग सर्भे गर्ने क्रममा विभिन्न कारणले छुट हुन गएको निष्कर्ष निस्किएको र अब छुट जग्गाको मुआब्जा दिने मन्त्रीपरिषदले निर्णय गरिसकेको बताउनुभयो । 

‘०४६ सालमा मुअब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा ब्यक्तिको नाममा भएको पछि २०६६/६७ सालमा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिने भएको हो’ घिमिरेले भन्नुभयो, ‘मुआबजाका लागि प्रक्रियागत काम भइरहेको छ । अब १५ दिने सूचना प्रकाशन गछौं । अझै छानबिन गर्ने, यकिन गर्ने काम हुन्छ, त्यसपछि मुआब्जा निर्धारण समितिको बैठकले दररेट तोकेपछि मुआब्जा विरण शुरु हुनेछ ।’

प्रवेश मार्गको एलाइमेन्ट चेन्ज हुँदा कतिपय मुआब्जा नै नलिएको ब्यक्तिको जग्गाबाट समेत सडक खनिएको छ । करिब ५ सय स्थानीयले जग्गाको मुआब्जा पाउनुपर्ने माग छ । अहिले ४ सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको सहायक प्रजिअ मोहनमणि घिमिरेको संयोजकत्वको समितिले ठहर गरेको हो । र, सोही समितिको प्रतिवेदनको आधारमा ०७८ चैत्र १७ गतेको मन्त्रीपरिषद बैठकले छृट जग्गाको मुआब्जा दिने निर्णय गरेको छ ।

छयाकुटी देखि विद्युत् गृह पुखुवा सम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले पटक–पटक अवरोध गर्दै आइरहेका थिए । 

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत् गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्त् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेभिएन)ले गरिरहेको छ । आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया