गुल्मी : घरमा आगाे लाग्दा जलेर ८३ वर्षीय वृद्धकाे ज्यान गयो

 चैत २४, २०७९ शुक्रबार १३:१:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मदाने गाउँपालिकाकाे एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनु भएको छ ।

राति करिब १० बजे अचानक घरमा आगो लागेपछि जिसीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मृतक जिसी घरमा एक्लै बस्दै आएको प्रहरी निरिक्षक घिमिरेले बताउनु भयो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया