सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बेला भएकाे छ : महामन्त्री थापा

 बैशाख २, २०८० शनिबार १६:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनु भएको छ । 

महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि पालिका तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताउनु भएको हो । नेपाली कांग्रेस मकवानपुर–काठमाण्डौ सम्पर्क समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देश संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पार्नु भयो ।

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे देश झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले राम्रो काम गर्दै गए ३/४ महिना भित्रै देश सम्हालिँदै जाने उहाँको भनाई थियो ।

महामन्त्री थापाले २०८० सालमा नेपाली काँंसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताउनु भयो । उहाँले २०८० सालको जेठ अन्तिम हप्ता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

यस्तै महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिनु भयो । 

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया