काठमाण्डौमा थरीथरीका घर (फोटोफिचर)

 बैशाख ९, २०८० शनिबार १०:४७:११ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - नेपालमा विदेशी पर्यटकहरु प्राकृतिक सम्पदाका साथै विभिन्न जातिहरुको संस्कृति र मौलिक घर एवं बस्तीहरु हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान पनि हो । विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकतामा पर्यटकहरु बढी आकर्षित हुन्छन् ।

पर्यटकहरु आधुनिक भन्दा स्थानीय ढुङ्गामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् । सहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कङ्क्रिट ढलानका छाना भएका घरहरु प्रशस्त छन् । साथै आफ्नो रुचि, हैसियत अनुसार उपत्यकामै पनि घरहरुका आकार, रङ, शैली फरक फरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै ।

नेपालमा भित्रिने बाह्य पर्यटकहरु मौलिक संस्कृति, भेषभुषा रहनसहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन् । मौलिकता र सुन्दरताका हिसाबले काठमाण्डौ, भक्तपुर र ललितपुरका पुराना घरहरु ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट ५० सहरमध्ये १०औँ नम्बरमा थियो । तर, अहिले आधुनिक कङ्क्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानिन्छ छ । जसकारण सबैले मौलिक घरलाई छोड्दै कङ्क्रिटकाे घर बनाउन थालेका छन् भने काठमाण्डौ उपत्यका कङ्क्रिटको सहरको रुपमा परिचित छ ।

उपत्यकाका केही भित्रि बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ । मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् ।  अहिले विभिन्न शैलीका मौलिक एवम् परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कङ्क्रिटका घरहरु सहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् ।

अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कङ्क्रिट पिल्लरको घर बन्न थालेका छन् । यद्यपि काँठ क्षेत्रमा भने अझै पनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरु कतैकतै भेटिने गर्छन् । आजको फोटो फिचरमा काठमाण्डौ उपत्यकामा रहेका फरक शैलीका घरहरु ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया