गुल्मी : जङ्गलमा लागेकाे आगाे निभाउने क्रममा जलेर घाइते हुनुभएका कुँवरको ज्यान गयाे

 बैशाख ९, २०८० शनिबार १४:२२:४० | जनार्दन घिमिरे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुल्मीमा आगो निभाउने क्रममा जलेर घाइते हुनुभएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको ज्यान गएको छ । कुँवरको उपचारको लागि काडमाण्डौ लैजाने क्रममा शनिबार बिहान बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ । 

धुर्कोट गाउँपालिका ३ अन्तर्गत बर्दबास सामुदायिक वनमा बिहिवार राति आगो निभाउने क्रममा आगोको लप्काले पोल्दा गम्भीर रुपमा घाइते हुनुभएका कुँवरको पाल्पामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको थियो । त्यही आगो निभाउने क्रममा अर्का घाइते धुर्कोट हाडहाडेका १३ वर्षीय वालक दिपक मुखियाको उपचारको क्रममा शुक्रबार मिसन अस्पताल पाल्पामा ज्यान गएको थियो । 

गुल्मीमा चार सय ५९ सामुदायिक वनहरुमध्ये पचास भन्दा बढी वनमा आगलागी भएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख रामकुमार चौधरीले बताउनुभयाे । जिल्लामा सामुदायिक वनहरुमा दिनहुँ आलागीका घटनाहरु बढ्दै गएका छन् । गुल्मीमा पछिल्लो तीन महिनाको अवधिमा आगलागीमा परेर पाँच जनाकाे ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया