इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
पाँचथर – पाँचथरकाे फिदिम-११ चम्पेटारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ।
फालेलुङ-८ लुवाफुबाट सदरमुकाम फिदिमका लागि छुटेकाे मे १ ज २९५८ नम्बरको जीप आज बिहान दुर्घटनामा परेकाे हाे । दुर्घटनामा पाँचथरकाे फालेलुङ गाउँपालिका-८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनामा चालक छविअधिकारीसहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते तीन जनालाई उपचारका लागि झापा रेफर गरिएकाे पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिनुभयो । घाइते ६ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।