गुल्मीमा वनमा आगो लगाउने व्यक्ति पक्राउ

 बैशाख १५, २०८० शुक्रबार ६:५९:४२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा लुकिछिपी वनमा आगो लगाउने एक जनालाई डिभिजन वन कार्यालय गुल्मीले पक्राउ गरेको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने इस्माकै कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत जीवन पङ्गेनीले बताउनु भएको छ ।

बस्नेतले गएको १० गते जडीबुटी उद्यानमा आगो लगाएको भन्ने प्रमाणका आधारमा डिभिजन वन कार्यालय गुल्मीका वन कर्मचारीले बस्नेतलाई पक्राउ गरी वन अपराध मुद्दामा  जिल्ला अदालत गुल्मीमा पेस गरिएको छ।

आगलागीमा संलग्न बस्नेतलाई अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीमार्फत् एक करोडभन्दा धेरै लगानी गरी जडीबुटी उद्यान निर्माण गरिएको थियो ।

वन उद्यानमा रोपिएका एक सय भन्दा धेरै विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन २०७६ अनुसार वन क्षेत्रमा आगलागी गर्ने व्यक्तिलाई साठी हजार रुपैयाँ जरिबाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ ।

वन वातावरण संरक्षण जस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा उल्टै राजनीतिक दलहरुको दबाबका कारण वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पुर्याउन खोजेको डभिजनल वन अधिकृत पङ्गेनीले बताउनुभएको छ। 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Prasanna

    April 28, 2023, 9:32 p.m.

    देखाउनु भो।पढ्नु भो त इस्मा मा ।कती राजनीति पावर ।अनि विकास पनि हेर्नु होस्त।कती राम्रो। त्यहाँको । मोटोर बाटो पानी बिजुली अनि यस्ता कती हो कती राम्रो ।हाहाहाहा।

  •  0 Reply

तपाईको प्रतिक्रिया