बझाङमा हिमपहिराेमा परेर १ जना बेपत्ता

 बैशाख १९, २०८० मंगलबार १९:१८:१३ | डीबी बिष्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बझाङ – बझाङमा हिमपहिराेमा परेर एक महिला बेपत्ता भएकी छिन् । सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बाेहरा हिमपहिराेमा परेर बेपत्ता हुनुभएकाे हाे ।

उहाँ सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा सङ्कलन गर्न वैशाख ९ गते घरबाट जानुभएको थियाे । दुई/तीन दिनदेखि लगातार पानीसँगै हिमपात भएपछि बाेहरा घर फर्किने क्रममा हिमपहिराेमा परेर बेपत्ता हुनुभएकाे सुर्मा–१ का वडाध्यक्ष दिनेशबहादुर बाेहराले जानकारी दिनुभयाे । हिमपहिराेमा परेर घरपालुवा कुकुरसमेत बेपत्ता भएको छ ।

बेपत्ता बाेहराकाे खाेजीका लागि टाेली परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताउनुभयाे । हिमपहिराे गएको ठाउँ टाढा भएका कारण घटनास्थलमा प्रहरी भाेलि बुधवारमात्रै पुग्ने उहाँकाे भनाइ छ । बाेहराकाे साथमा रहेका दुई छोरा भने सकुशल घर पुगेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया