बलात्कार अभियोगमा १६ वर्षीय किशाेर पक्राउ

 बैशाख २०, २०८० बुधबार १२:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको तुलसीपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा तुलसीपुरकै १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । 

तुलसीपुर उपमहानगरपालिका वडा न. ३ घर भइ दाङकै बबई गाउँपालिका – ६ मा पर्ने मामा घरमा बस्दै आएका १६ वर्षीय किशोरलाई प्रहरीले  पक्राउ गरेको हाे । तुलसीपुर – ६ की एक १९ वर्षीया युवतीले मंगलबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर आफूलाई ती किशोरले बलात्कार गरेको उजुरी दिएपछि त्यही दिन प्रहरीले ती किशोरलाई पक्राउ गरेको थियो ।

पीडित युवतीले ती किशोरले आफूलाई ललाइ फकाइ बैशाख १६ गते बाँकेको नेपालगञ्ज लगेको र त्यही दिन राति ९ बजेतिर तुलसीपुर – ३ मा पर्ने आफ्नो खाली घरमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया