मकवानपुरको कटुन्जेबाट ५ सय ११ किलो गाँजासहित दुई जना पक्राउ

 बैशाख २०, २०८० बुधबार १३:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट ५ सय ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

कटुन्जेका ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाललाई आज बिहान गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा र राधाकृष्ण रिजालको घरबाट १२ बोरा गाँजा फेला पारेको छ ।

उत्तम रिजालको घरबाट १ सय ८४ किलो एक सय ग्राम र नगद ५५ हजार ३ सय ६५ रुपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट ३ सय २७ किलो आठ सय ग्राम गरी ५ सय ११ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया