२ लाख रुपैयाँ घुस लिन महोत्तरीका सई काठमाण्डौमा, परे अख्तियारको फन्दामा

 बैशाख २२, २०८० शुक्रबार १९:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई आज शुक्रवार काठमाण्डौको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले ५० हजार रुपैयाँ नगद र एक लाख ५० हजार रुपैयाँको चेक लिएका थिए ।

विष्ट घुस रकम लिनकै लागि महोत्तरीबाट काठमाण्डौ आएका अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Arjun Bhandari

    May 5, 2023, 7:42 p.m.

    Good news bhanu sathi pareko chha bad news bhanu aktiyarle ramro kam gaeko chha parisarm Binako 2 no kamaile aafulagayet sabai santatilai polchha be careful baki sathiharu

  •  0 Reply

तपाईको प्रतिक्रिया