लिखतसम्बन्धी कसुरमा पत्रकार मदन भण्डारी पक्राउ

 बैशाख २३, २०८० शनिबार २०:३५:१२ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी ईश्मा गाउँपालिका–४ घर भइ काठमाण्डाैको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका पत्रकार भण्डारी सुरक्षा न्युज डटकमका प्रबन्ध निर्देशक हुन् ।

भण्डारीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो । उजुरी परेपछि काठमाण्डाै जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया