बझाङमा हिमपहिरोमा परि बेपत्ता महिलाको शव भेटियो

 बैशाख २५, २०८० सोमबार १३:७:५५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङमा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा हिमपहिरोमा परि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परि वैशाख १९ गते मङ्गलवारदेखि बेपत्ता हुनुभएको थियो । सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा सङ्कलन गर्न गएकाे ९ गते उहाँ घरबाट जानु भएको थियो ।

२/३ दिनदेखि लगातार पानी सँगै हिमपात भएपछि उहाँ घर फर्किने क्रममा हिमपहिरामा परेर बेपत्ता हुनुभएको हो ।  उहाँको शव सोमवार मात्रै फेला परेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताउनुभयो । यहाँका स्थानीय बासिन्दा र प्रहरीले उहाँको शव फेला पारेका बोहराले बताउनु भयाे । 

उहाँको शव अहिले घर ल्याउने काम भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया