अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि ज्यान गयो, ज्यान गुमाउनेको संख्या चार पुग्यो

 बैशाख २७, २०८० बुधबार १०:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि ज्यान गएको छ ।

काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो ।

यो सँगै ज्यान गुमाउनेको संख्या चार पुगेको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा ३६ वर्षका माधव वेल्वासे, ७२ बर्षका पिताम्बर वेल्वासे, ५५ वर्षका पदम वेल्वासे र  ५२ वर्षका घनश्याम वेल्वासे घाइते भएका थिए ।

पिताम्बर, पदम र घनश्यामलाई उपचारका लागि काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो भने माधवको उपचारका क्रममा बिहान ज्यान गएको हो । ज्यान गुमाउने चारै जना एउटै गाउँका हुन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया