पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ, विरोध प्रदर्शन थप चर्कियो

 बैशाख २८, २०८० बिहिबार ८:५४:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको छ ।

पक्राउ पर्नुअघि उहाँले भिडिओ सन्देशमा पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभएको थियो ।

पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडपका घटना भैरहेका छन् ।

पछिल्लो तनावमा कम्तीमा १० जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानको एक अदालतले हिजो पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहरसमेत गरेको छ । पूर्व प्रधानमन्त्री खान अस्ति पक्राउ पर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया