इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
पाँचथर – पाँचथरमा घरमा आगाे लाग्दा एक जनाकाे ज्यान गएकाे छ । घरमा आगाे लाग्दा फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो ।
अपाङ्गताका कारण हातखुट्टा चल्न नसक्ने अवस्थाका नेम्वाङकाे घरमा आगो सल्केपछि भाग्न नसक्दा जलेर ज्यान गएको हो । आगाे लाग्दा उहाँ घरमा एक्लै रहेकाे प्रहरीले जनाएकाे छ ।
आज बिहीवार दिँउसो स्थानीय लाक्सेबुङ जङ्गलबाट सल्केको आगोको झिल्कोले नेम्वाङको घर जलेको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने डीएसपी खतिवडाले बताउनुभयाे ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।
Himkumar Rijal
May 14, 2023, 8:59 a.m.अती दु:खद घटना!😭