इमरान खानलाई रिहा गर्न पाकिस्तानकाे सर्वाेच्च अदालतकाे आदेश

 बैशाख २८, २०८० बिहिबार १९:२७:३५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश दिएकाे छ । अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेकाे भन्दै उहाँलाई रिहा गर्न आदेश दिएकाे हाे । 

सर्वाेच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेकाे फैसला स्वीकार गर्नुपर्ने बताएकाे छ । 

भ्रष्टाचारसँग जाेडिएकाे एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई अदालतले मङ्गलवार उहाँलाई अदालत परिसरबाट पक्राउ गरेकाे थियाे । खानका वकिलले अवैध तरिकाले पक्राउ गरेकाे भन्दै सर्वाेच्चमा निवेदन दिएका थिए । 

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विराेध प्रदर्शन र झडपकाे सिलसिला सुरु भएकाे थियाे । पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान जानुका साथै दुई हजार जनाभन्दा धेरै मानिस पक्राउ परेका थिए ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया