बर्दियाकाे डाँडागाउँमा आगलागी, ८ वटा घर जलेर नष्ट

 बैशाख २८, २०८० बिहिबार २०:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियाकाे मधुवन नगरपालिका–१ डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नस्ट भएकाे छ ।

आज बिहीवार बेलुकी भएकाे आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी छ । गौरी रोकायको घरमा बिजुली शट भएकोले आगाे अनियन्त्रित भई अरू घर पनि जलेकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगो निभाउन मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयले प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मत बाेहाेराले बताउनुभयो ।

तस्बिर : प्रशुराम थारु

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया