पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री मजारी पक्राउ

 बैशाख २९, २०८० शुक्रबार १३:३५:२४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पाकिस्तान तहरिक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता मजारी पक्राउ परेको जनाएको छ । उहाँलाई आज बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सुरक्षा निकायले मजारी पक्राउ पर्नुको कारण खुलाएको छैन । यसअघि बुधवार बेलुका पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको थियो । गएको मङ्गलवार पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा प्रदर्शन भइरहेकाे छ।

पाकिस्तानको सर्वोच्च अदालतले हिजो खानको गिरफ्तारीलाई अवैध बताउँदै इस्लामाबाद उच्च अदालतमा पेस हुन भनेको थियो । उहाँ आज उच्च अदालतमा हाजिर हुने खबरमा उल्लेख छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया