तुलसीपुरमा ट्र्याक्टरबाट खसेर १४ वर्षीय किशाेरकाे ज्यान गयाे

 बैशाख २९, २०८० शुक्रबार १८:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको तुलसीपुरमा ट्र्याक्टरबाट खसेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ का १४ वर्षीय विनोद चौधरीकाे ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज शुक्रवार दिउँसो ज्यान गएको हो ।

तुलसीपुर–१४ गोठ्वाबाट ग्वारखोला जाँदै गरेको रा १ त ४८९८ नम्बरको ट्र्याक्टरबाट किशाेर गोठ्वा नजिकै खसेका प्रहरीले जनाएको छ । ट्र्याक्टर नियन्त्रणमा लिएको र घटनापछि फरार भएका चालकको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया