भक्तपुरको सल्लाघारीमा आगलागी

 बैशाख ३१, २०८० आइतबार १९:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरको सल्लाघारीमा ठूलो आगलागी भइरहेको छ । सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अहिले बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भए पनि तीव्र हावाहुरीका कारण समस्या भएको छ । आगोले झन् विशाल रूप लिइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : नरेश ज्ञवालीकाे ट्विटरबाट

अन्तिम अपडेट: फागुन ९, २०८०

तपाईको प्रतिक्रिया