भक्तपुरको सूर्यविनायकमा भएको आगलागीमा २ करोड २९ लाख रुपैयाँको क्षति

 जेठ १, २०८० सोमबार १६:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको सूर्यविनायकमा हिजाे आइतवार राति भएको आगलागीमा दुई करोड २९ लाख रुपैयाँको क्षति भएको छ ।

सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजूभाई फर्निचर ट्रेडर्समा लागेको आगोले नजिकै रहेको चौगुठीको तीन तले घर र पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानासमेत जल्दा दुई करोड २९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आइतवार बेलुका ७ बजे सुरु भएको आगलागी साढे १० बजे निभाउन सफल भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिनुभयो । आगो निभाउन भक्तपुरको तीन, काठमाण्डौ र ललितपुरको एक/एक गरी पाँच वटा दमकल परिचालन गरिएको थियो ।

अन्तिम अपडेट: माघ २७, २०८०

तपाईको प्रतिक्रिया