पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
काठमाण्डाै - नेपाल र स्पेनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनमा आयाेजित घोडादौडसहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।
स्पेनमा रहेकाे नेपाली दूतावासले गएकाे शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्रबेलामा कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । हिमाल तथा हिमनदीहरूमा परेको जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा सगरमाथासहित मकालु, कञ्चनजङ्घा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण गरी नेपालका आठ अग्ला हिमालको नाम राखिएका आठ वटा घोडाको प्रदर्शनी गरिएको थियो । प्रत्येक घाेडामा पर्वतको संक्षिप्त विवरण राखिएको थियो । घोडादौडमा अन्नपूर्ण नामको घोडा प्रथम भयो ।
दूतावासले नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन गरी सन् २०२६ सम्ममा स्पेनबाट प्रतिवर्ष कम्तीमा एक लाख पर्यटक नेपाल पठाउने लक्ष्य लिइएकाे पनि जनाएको छ ।
स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले विजेता घोडसवारलाई भगवान बुद्धको मूर्ति तथा सहभागी सबैलाई मायाको चिनो प्रदान गर्नु भएकाे थियाे । उहाँले नेपाल र स्पेनबीचकाे सम्बन्धलाई साझा मूल मान्यता र सांस्कृतिक आदानप्रदानमार्फत् अझै बलियो बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली र स्पेनिस गीतमा ‘अर्केस्ट्रा’ प्रस्तुति गरिएको थियो भने नेपाल र स्पेनका विविध जातजाति र परम्पराको प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्पेनका लागि विभिन्न देशका राजदूत, कुटनीतिक निकाय, स्पेनको परराष्ट्र मन्त्रालयका अधिकारी, भ्लगर्स, व्यावसायिक क्षेत्र लगायतका नेपाली डायस्पोरा, कलाकार, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल पर्यटन बोर्ड र स्पेनमा रहेका नेपाली डायस्पोराको सहयोगमा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।