विराटनगरका १८ जना वडा अध्यक्षलाई दसैँमा मोटरसाइकल उपहार !

 कात्तिक ७, २०७५ बुधबार ८:४९:१६ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मोरङ – जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासो बढिरहेको बेला विराटनगर महानगरपालिकाका वडा अध्यक्षले दसैँ उपहार मोटरसाइकल पाएका  छन् ।

निर्वाचित भएको झण्डै डेढ वर्षपछि महानगरका वडाध्यक्षहरुले मोटरसाइकल सुविधा लिएका हुन् । महानगरपालिकाको १९ वडा मध्ये १८ वडाका अध्यक्षलाई मोटरसाइकल उपहार महानगरपालिकाका मेयर भीम पराजुलीले दिनुभएको हो ।  वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले भने मोटरसाइकल लिएका छैनन् ।

आफ्नै मोटरसाइकल भएका बताउँदै उहाँले मोटरसाइकल सुविधा नलिनुभएको हो । मेयर भीम पराजुलीले कार्यालय प्रयोजनका लागि वडा कार्यालयहरुलाई मोटरसाइकल वितरण गरिएको जानकारी दिनुभयो । आफूले कुनै सुविधा नलिएको बताउँदै उहाँले वडाका काम छिटो गर्नका लागि मोटरसाइकल प्रदान गरिएको बताउनुभयो । महानगरको बोर्ड बैठकको निर्णयपछि मोटरसाइकल खरिद गरिएको उहाँको भनाई छ ।

महानगरपालिकाले खरिद गरेको मोटरसाइकल २ लाख ८ हजार रुपैयाँदेखि २ लाख ९० हजार रुपैयाँसम्मका छन् । महानगरका प्रवक्ता राजेन्द्र प्रधानले २ लाख ८ हजार रुपैयाँका होण्डा र २ लाख ९० हजार रुपैयाँका बजाज एभेञ्जर बाइक खरिद गरी वितरण गरिएको जानकारी दिनुभयो ।

सार्वजनिक खरिद ऐन अनुसार खरिद गरिएको बताउँदै उहाँले वडाध्यक्षलाई कार्यालय प्रयोजनका लागि मोटरसाइकल प्रदान गरिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया