गैँडाको खागसहित ललितपुरबाट ३ जना पक्राउ

 जेठ ३, २०८० बुधबार १५:५९:११ | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिका–४ स्टिल टावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुरकाे एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाण्डाैकाे नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । 

स्टिल टावर चोक नजिक गैँडाको खाग खरिद/बिक्री गर्दै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गैँडाकाे खागसहित फेला पारि पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया