८२ किलो गाँजासहित २ जना पक्राउ

 जेठ ३, २०८० बुधबार २०:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

महाेत्तरी – महोत्तरी प्रहरीले आज बुधवार गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र त्यही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

गाँजासहित पक्राउ परेका चालक र सहायक चालक तथा नियन्त्रणमा लिइएकाे ट्र्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया