भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

 जेठ ४, २०८० बिहिबार १८:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाण्डौमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो ।

यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर भुटान लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र थप प्रमाण पनि भेटिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतका १४ जना यसअघि नै पक्राउ परिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhotoo Chhetri

    May 19, 2023, 7:23 a.m.

    जुन ब्यक्तिलाई आदर्श सम्झेर बसेको थिए आज त्यो चक्नाचुर भएर गयो । टेकनाथ (ज्यू?)- को लालचको परिणाम आजसम्म कमाएको इज्जत आफैले माटोमा मिलाउने काम गर्‍यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया