रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वाेच्च अदालतमा फेरि मुद्दा

 जेठ १०, २०८० बुधबार १७:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा फेरि दर्ता भएको छ । लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरिपाउँ भनेर युवराज पौडेलले पेस गर्नुभएको रिट निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले आज बुधवार दर्ता गर्दै जेठ १७ गते पेसी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपिमात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराउनुभएको अदालतका प्रवक्ता पौडेलले बताउनुभयो । यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उहाँको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उहाँ उप–चुनावबाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको छ ।

अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गएको माघमा उहाँले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताउनुभएको थियो । पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उहाँले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Yadu Nepal

    May 25, 2023, 2:41 p.m.

    उहाँले पुरानाे नागरिकताकाे प्रतिलिपि पाउँ भनेर निवेदन दिनु भएकाे त थिएन हाेला नी त ।

  •  0 Reply
  • Tul bahadur karki

    May 25, 2023, 6:46 a.m.

    यो हरामिले काम पाएछ

  •  0 Reply
  • Shiristi Bhatta

    May 24, 2023, 5:15 p.m.

    कठै मेरो नेपाल केही गर्छु देशको लागि भन्नेलाइ केही गर्न नै नदिने भय😚😚😥

  •  0 Reply

तपाईको प्रतिक्रिया