नेपाली महिला क्रिकेट टाेलीले पहिलाे पटक मलेसियासँग हार्याे
जेठ १५, २०८० सोमबार
काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।